मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज १० आइतबार ०७:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्युठानको बिजुवारमा कृषि विकास बैंकको शाखा

Read Time : < 1 मिनेट
२०७८ असोज १० आइतबार ०७:२४:००

प्युठानको बिजुवारमा सञ्चालनमा आएको कृषि विकास बैंकको शाखा औपचारिक उद्घाटन गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले नुनदेखि सुनसम्मको कारोबार गर्ने भएकाले आर्थिक क्रियाकलापलाई चलायमान बनाइराख्न स्थानीय सरकारसँग सधैँ हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए ।

नगरप्रमुख कक्षपतिले सर्वसाधारणले रुचाएको स्थापित पुरानो सरकारी बैंक कृषि विकास बैंकले प्रतिस्पर्धी बैंकहरूको भिडमा जनताको भावना र चाहनाबमोजिम आफूलाई परिवर्तित गर्दै लैजानुपर्ने बताए । बैैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले बैंकले प्रदान गर्ने सेवा–सुविधाको बारेमा जानकारी गराएका थिए ।