मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका मकवानपुर
२०७८ असोज १० आइतबार ०६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अहंकारको घोडाबाट ओर्लेपछि ओली गालीगलौजमा उत्रे : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७८ असोज १० आइतबार ०६:५३:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा उत्रिएको टिप्पणी गरेका छन् ।

शनिबार हेटौँडामा आयोजित मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताए । ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् ।

केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौँ । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’ उनले भने ।