मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ९ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल स्काउटको ‘सम्पदा साइकल यात्रा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ९ शनिबार १७:१५:००

विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यकाभित्र रहेका सम्पदाहरू बुढानीलकण्ठ मन्दिर, बौद्ध स्तूपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साइकल यात्रा’ निकालिएको हो ।

युवासहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा साइकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । उनले आफूहरूले नेपाल स्काउटलाई स्थापित संस्थाको रूपमा विकास गर्न सफल भएको दाबीसमेत गरे ।

काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमका बीच साइकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको बताए ।

साइकल यात्रामा निस्केकाहरूले नेपालको राष्ट्रिय झन्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टि–सर्टहरू प्रर्दशन गरेका थिए ।