मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
स्यानीटरी प्याडको भन्सार महसुल बढाइएको भन्दै बिहीबार काठमाडौंमा भएको प्रदर्शन। तस्बिर : दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ८ शुक्रबार १८:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारले भन्यो : स्यानिटरी प्याडको भन्सार महसुल बढेको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ८ शुक्रबार १८:४६:००

सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल नबढाएको बताएको छ। स्यानिटरी प्याड आयातमा आ.व. ०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको त्यस्तै कायम राखिएको अर्थ मन्त्रालयले प्रेस नोट जारी गर्दै स्पष्ट पारेको छ ।  
वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरूको भ्रममा नपर्न सरोकारवाला सबैमा मन्त्रालयले अनुरोध गरेको छ। स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत मात्र कायमसमेत मन्त्रालयले बताएको छ । 
‘स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौँ,’ मन्त्रालयको प्रेस नोटमा भनिएको छ ।