मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १५:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

टिप्परको ठक्करबाट वृृद्धको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १५:५५:००

बर्दियामा टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गुलरिया नेपालगञ्ज सडक खण्डको कण्ठपुर चोकमा साईकलमा सवार एक वृद्धलाई भे १ क ९८८ नम्बरको टिप्परले ठक्कर दिँदा बढैयाताल गाउँपालिका ८ का मोतिलाल चौधरीको घटनास्थल मै मृत्यु भएको हो । 


एकै दिशा तर्फ गईरहेको एक टिप्परलाई अर्को टिप्परले ओभरट्याक गर्न खोज्दा बाटो किनारमा साईकल चलाईरहेका वृद्धलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । टिप्परको लापरवाहीका कारण वृद्धको मृत्यु भएको भन्दै कण्ठपुरमा स्थानीयहरुले शव नउठाई प्रर्दशन गरीरहेका छन् । प्रहरीका अनुसार स्थानीय टिप्पर धनीहरुसँग छलफल भईरहेको छ ।