मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ पौष ५ बिहीबार १५:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष ५ बिहीबार १५:४५:००

यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेश सरकारले सञ्चलन गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलो पटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

'हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ', अधिकारीले भने, 'उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेसम्मकाे काम प्रदेश सरकारले गर्ने छ ।' नियन्त्रण कार्यालयले गत वर्ष तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ ।  उनले अहिले प्रश्नपत्रको काम भइरहेको जानकारी गराए ।  

यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्दै आएको थियाे । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने छ ।यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि सुरु हुँदैछ । परीक्षामा करिब चार लाख ८० हजार विद्यार्थी सहभागी हुनेछन् ।