१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज ६ बुधबार १८:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१३ जिल्लाको वडा अधिवेशनबारे कांग्रेस पदाधिकारी बैठक अनिर्णीत

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार १८:२३:००

नेपाली कांग्रेसको पदाधिकारी बैठक १३ जिल्लामा बाँकी रहेको वडा अधिवेशनका सम्बन्धमा अनिर्णीत बनेको छ । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक अनिर्णीत बनेको हो।

प्रवक्ता विश्वप्रकाश शर्माले वडा अधिवेशन सकिएका ६४ जिल्लामा निर्धारित  कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको जानकारी दिए । बाँकी १३ जिल्लाको विषयमा भने क्रियाशील सदस्यताको टुंगो लागेपछि मात्र के गर्ने भन्ने टुंगो लगाउने सहमति भएको उनले बताए । 

‘अधिकांश जिल्लाको वडा तहको अधिवेशन सम्पन्न भएर वडा तहको अधिवेशन सम्पन्न भएको छ । त्यहाँ कार्यतालिकाअनुसार ९ असोजमै पालिका तहको अधिवेशन हुन्छ, ’उनले भने, ‘सहमतिपूर्वक निकास दिँदै जाने र प्रक्रिया अघि बढेकामा निश्चित टुंगो गरेर अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल भयो ।’ 

वडा अधिवेशन हुन बाँकी जिल्लाको हकमा क्रियाशीलको विषय छिटो टुंग्याएर निर्वाचन समितिले यसबारे निर्णय लिने उनले जानकारी दिए ।