Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार १७:०७:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार १०४ अंकले बढ्यो, खरिद–बिक्रीमा भने कमी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार १७:०७:००

सेयर बजारमा बुधबार हरियाली छाएको छ । सोमबार ११४ अंकले गिरावट आएको बजारमा मंगलबार केही सुधार भएको थियो । बुधबार भने १०४.८८ अंकले बढेर २८१६.९५ बिन्दुुमा पुुगेको छ । क वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १९.४७ अंकले बढेर ५२८.१० बिन्दुुमा पुुगेर बन्द भएको छ । 

कारोबारमा आएका सबै समूूहको सूूचक सकारात्मक बन्दा फाइनान्स, विकास बैंक, जलविद्युुत् र वाणिज्य बैंकहरूमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । अघिल्ला बजारहरूको तुुलनामा पनि लगानीकर्ताहरूले अझै बजारको स्थितिको बारेमा बुझ्न खोजेको देखिन्छ । एक लगानीकर्ताले भने, ‘हतारिएर बजारमा प्रवेश गरिहाल्ने आँट गर्न सकिएको छैन । अझै भोलिको अन्तिम बजारलाई पनि लगानीकर्ताहरूले विश्लेषण गर्न आवश्यक छ । करेक्सनपछि बजारले अब लय समात्न सक्ने देखिएको छ ।’

विशेषगरी, लामो करेक्सनलाई पार गर्दै नेप्से सकारात्मक बन्न पुुगेको हो । यसले लगानीकर्ताहरूको मनोबललाई उच्च बनाए पनि बढेको बजारमा सेयर खरिद–बिक्री गर्ने लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन् । जसको कारण कारोबार रकममा भने सुधार आउन सकेको छैन । 

बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २१७ कम्पनीको एक करोड २१ लाख कित्ता सेयर खरिद–बिक्री हुुँदा ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । २३ देखि १३ करोड रुपैयाँसम्मको सबैभन्दा उच्च कारोबार भएको छ । अरुण भ्यालीको २३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ भने नेसनल हाइड्रोपावर कम्पनीको १८ करोड रुपैयाँको कारोबार भएको छ ।

 एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूूल्यमा सर्किट

एक दर्जनभन्दा बढी कम्पनीको सेयर सर्किट मूूल्यमा कारोबार भएको छ । कम्पनीको १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको हो । अधिकांश फाइनान्स कम्पनीको सेयर सर्किट मूूल्यमा कारोबार भएको हो । प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स कम्पनी, गुह्येश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्सलगायत कम्पनीको सेयर मूूल्य उच्च दरले बढेको छ । चारवटा कम्पनीको मात्र सेयर मूूल्यमा गिरावट आएको छ ।