मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ६ बुधबार १४:५९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रसंघको महासभामा सहभागी भएका ब्राजिलका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार १४:५९:००

 ब्राजिलका स्वास्थ्यमन्त्री मार्कोलो क्वैरोगा कोरोना भाइरसबाट संक्रमित भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई संक्रमण पुष्टि भएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।     
     
राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो। टोलीमा सहभागी अन्य सदस्यहरूको पनि कोरोना परीक्षण गरिएको, तर संक्रमण नदेखिएको अधिकारीहरूले जनाएका छन्।     
     
ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले संक्रमित भएका स्वास्थ्यमन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए। राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएकामध्ये संक्रमित हुनेमा उनी दोस्रो व्यक्ति हुन्। 
     
संक्रमित ५५ वर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बसेको समाचारमा जनाइएको छ। तर, टोलीमा सहभागी भएर पनि संक्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन्। राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्कविना देखिएका र उनले अहिलेसम्म खोप पनि लगाएको अधिकारीहरूले जनाएका छन्।     
     
स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहेका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गरेका थिए। तर, अहिलेसम्म पनि उनीहरूलाई संक्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ। एएफपी