Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज ६ बुधबार १०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक साताभित्रै नयाँ राजदूतको सिफारिस गर्ने सरकारको तयारी

संसदीय सुनुवाइमा १५ देखि ४५ दिन लाग्न सक्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज ६ बुधबार १०:०५:००

सरकारले रिक्त राजदूत एक साताभित्र सिफारिस गर्ने तयारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसको जानकारी दिएका छन् । ‘मंगलबारको निर्णयअनुसार बुधबार फिर्ताबारे पत्राचार हुन्छ ।

त्यसलगत्तै सरकारले एक सातामा नयाँ राजदूतको सिफारिस गर्ने तयारी गरेको छ,’ एक मन्त्रीले भने । तर, राजदूत सिफारिसमा गठबन्धनमा रहेका दलहरूबीच सहमति चाहिने भएकाले लम्बिने सम्भावना पनि उत्तिकै छ । 

सरकारले सिफारिस गरे पनि उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया टुंगिन ‘फास्ट ट्र्याक’मा गए १५ दिन र बढीमा ४५ दिन लाग्छ । मन्त्रिपरिषद्ले सिफारिस गर्दै सुनुवाइका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिमा पठाउँछ ।

त्यसपछि समिति सभापतिले आवश्यकताअनुसार बैठक बोलाउँछन् । तर, सामान्यतः सुनुवाइका लागि सम्बन्धित निकायबाट समितिसमक्ष पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । 

डा.खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति
सत्तागठबन्धनभित्र कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको छ । यद्यपि यसबारे प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर बुधवार मात्रै निर्णय लिने छन् । संयुक्त राष्ट्र संघको महासभामा परराष्ट्रमन्त्री पठाउनुपर्ने भएकाले तत्काल मन्त्री नियुक्त गर्नुपर्ने बाध्यता रहेको प्रधानमन्त्रीले सुनाएपछि गठबन्धनका नेताहरूले सहमति जनाएका थिए ।