१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज ६ बुधबार ०७:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको नगर सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार ०७:२३:००

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा बझाङको जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । नगर सभापतिमा हिरेन्द्र छत्याल, डम्बरबहादुर सिंह र खगेन्द्र खड्काबीच कडा प्रतिस्पर्धा हुने भएको हो । 

कांग्रेसले जिल्लाका सबै वडाहरूमा सहमतिको आधारमा अधिवेशन सम्पन्न गरिसकेको भए पनि लामो समयसम्म कांग्रेसका अग्रज नेताहरूले सर्वसम्मत अधिवेशन गर्न खोजे, तर सहमति भने हुन सकेको छैन ।

कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । कांग्रेसमा क्षेत्रीय प्रतिनिधिहरूले नै मतदानमा सहभागी हुन पाउने प्रावधान छ ।  जसमा जयपृथ्वी नगरपालिकाबाट एक सय ८० मतदाता रहेका छन् । 

जयपृथ्वी नगरपालिकाको नगर सभापतिका आकांक्षी छत्यालले पुनः नगर सभापति पदमा दोहोर्‍याउन चाहेका हुन भने सिंहले नगर कोषाध्यक्ष पदबाट सभापति पदमा दाबी गरेका हुन । त्यस्तै, खड्का कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला सचिव पदबाट नगर सभापतिमा रहेर काम गर्न इच्छुक देखिएका हुन् । 

कांग्रेसलाई चलायमान बनाउन, आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउन र गुटबन्दीको अन्त्य गर्न नै आफ्नो नगर सभापतिमा उम्मेदवारी रहेको खगेन्द्र खड्काले बताए । उनले अन्य उम्मेदवारहरूसँग एक मतले भए पनि विजयी हुने दाबी गरे । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा असोज ९ गतेबाट अधिवेशन सुरु हुँदै छ ।