मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज ५ मंगलबार १९:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा ५४ लाखबराबरको अवैध जडीबुटीसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार १९:०८:००

जिल्ला प्रहरी कार्यालय लमजुङले ५४ लाखबराबरको अवैध जडीबुटीसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बेँसीसहर नगरपालिका ७ सहजीदेखि क्याम्पस रोडतर्फ जाने सडकबाट तीनजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका ६ बस्ने ४८ वर्षका आइतराम तामाङ, सोही स्थान घर भएका ३७ वर्षका रामबहादुर तामाङ र सोही स्थान घर भएका २४ वर्षका मीनबहादुर तामाङ रहेका छन् । गए राति सबा २ बजेको समयमा शंकास्पद रूपमा झोला भिरेर हिँडिरहेको अवस्थामा प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट पाँचऔँले १५ किलो ५ सय ग्राम र निरमसी १३ किलो ४ सय ग्राम बरामद गरेको हो । 

२९ किलो जडीबुटीको रकम अनुमानित ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका उनीहरूलाई मंगलबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरीप्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो समय अवैध जडीबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना बनाई जाँच गर्दै आएको छ ।