१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ५ मंगलबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जडीबुटी संकलनका कारण मुगुमा जनगणना प्रभावित

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार १६:४७:००

जिल्लाका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय जडीबुटी टिप्न वनपाखातिर गएपछि राष्ट्रिय अभियान जनगणना प्रभावित भएको छ । चितै, मुगु, डोल्फु, कार्ती, किम्री, महलगायत बस्तीका अधिकांश स्थानीय घरको ढोका नै बन्द गरेर कटुकी, भोल्ते, चिराइतो, वनलसुन कोर्न हिमाली वनतिर उक्लिएपछि घरदैलोमा पुगेका गणकलाई घरधुरी विवरण संकलन गर्न गाह्रो भएको छ । 

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय जडीबुटी संकलन गर्न वनतिर जाँदा जनगणना कार्य प्रभावित भएको जिल्ला जनगणना अधिकारी कृष्णप्रसाद चौलागाईंले बताए । 
विशेषगरी मुगु गाउँका कोही स्थानीय घरमा नहुँदा गणकलाई विवरण संकलन गर्न कठिन भएको चौलागाईंले बताए । 

भदौ ३० देखि मुगुमा पहिलो चरणको जनगणना कार्य सुरु गरिएको छ । उक्त जनगणनाको निम्ति जिल्लाको चारवटा स्थानीय तहमा पाँच महिला र १५ पुरुष गरी २० जना जनगणक परिचालन गरिएको जिल्ला जनगणनाको कार्यालय जनाएको छ ।