मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार १५:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी दर्ताविरुद्ध ओलीको मुद्दामा सक्कल फाइल झिकाउने आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार १५:३७:००

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताविरुद्धको रिटमा हेर्दाहेर्दैमा राखिएको मुद्दामा सक्कल फाइल झिकाउने आदेश गरेको छ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।

आदेशमा निर्वाचन आयोगले गरेको दल दर्ताको निर्णयको फाइल, सभामुख अग्नि सापकोटाले भदौ १३ मा गरेको निर्णय  र लुम्बिनी प्रदेश सभा सचिवालयमा भदौ ४ मा गरिएको पत्राचारको सक्कल फाइल पेस गर्न भनिएको छ। 

दल दर्ताविरुद्ध नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ।

सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि सोमबार पेसी तोकेको थियो। सोमबार हेर्दाहेर्दैमा परेको रिटमाथि आज सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि सक्कल फाइल झिकाउने आदेश गरेको हो।