१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ५ मंगलबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको दसैँ–तिहार योजना सार्वजनिक

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार ०६:१४:००

 सामसङ नेपालले आउँदो दसैँ–तिहारको अवसर पारेर ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘छुटको तरंग, दसैँ–तिहारमा उमंग’ भन्ने नाराका साथ सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा छुट दिने योजना ल्याएको हो । 

योजना अवधिभर सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिनहरूको खरिदमा ग्राहकले बढीमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, निश्चित उपकरणहरूको निःशुल्क जडानको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । दसैँको उत्सवका क्रममा आफ्ना घरपरिवारका लागि केही नयाँ कुरा जोड्ने इच्छालाई योजनाले सजिलै पूरा गर्न सहयोगी हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि उत्पादनहरू अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा प्रदान गरिएको तथा सामसङ प्लाजा तथा निश्चित आउटलेटबाट सहज किस्ताबन्दी सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले टिभीहरूमा दुई वर्ष (एक वर्ष फुल प्रोडक्ट वारेन्टी र थप एक वर्ष प्यानलमा) वारेन्टी प्रदान गरेको जनाएको छ । रेफ्रिजेरेटर तथा एसीको डिआइटी कम्प्रेसरमा १० वर्षको वारेन्टी, वासिङ मेसिनको डिआइटी मोटरमा १० वर्षको वारेन्टी रहेको जनाइएको छ । योजना कात्तिक २९ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।