मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार २१:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार २१:०७:००

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक मंगलबार काठमाडौंमा बस्ने भएको छ । करिब एक महिनाअगाडि एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पहिलोपटक बस्न लागेको हो । 

दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार र आगामी रणनीति तय गर्ने नेता विरोध खतिवडाले जानकारी दिए । विभिन्न विभाग र आयोग तथा जनवर्गीय संगठनको गठन, पुनर्गठनलगायतका विषयमा पनि बैठकले निर्णय लिनेछ । 

सरकारमा सहभागिताको विषयमा पनि बैठकमा छलफल हुनेछ । बैठकले केन्द्रीय नेताको जिम्मेवारी पनि तोक्ने भएको छ ।