मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार १७:२४:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कर्ण दासका छोरा मर्कुसको ‘थाहा छैन’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार १७:२४:००

गम्भीर गीत गाएर चिनिएका गायक कर्ण दासका छोरा मर्कुस दास रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो लिएर आएका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत ‘थाहा छैन’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द र संगीत कुशल पोखरेलको छ ।

मर्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फ इमेज अवार्डसमेत जितेको थियो। पहिलोपटक भिडियोसहितको गीत सार्वजनिक गरेका मर्कुस यस गीतको म्युजिक भिडियोका निर्देशक पनि हुन् ।

पोखराबाट ‘मध्याह्न’ ब्यान्डका गायकका रूपमा उदाएका कर्ण दासले नेपाली आधुनिक गायनमा विशिष्ट छाप छोडेका छन् । बुबाजस्तै मर्कुसको सांगीतिक यात्रा पनि ब्यान्डबाटै सुरु भएको हो। मर्कुस प्लस टुको पढाइपछि 'प्रतिबिम्ब' ब्यान्डमा सक्रिय भए। पाँच सदस्य रहेको ब्यान्डले पोखराका कन्सर्ट र रेस्टुरेन्टहरूमा प्रस्तुति दिने गर्दथ्यो।

बिबिएको पढाइ छोडेर काठमाडौं आएका उनले गायनभन्दा बढी संगीतको प्राविधिक पाटोमा बढी समय दिए। दुई वर्ष 'अकस्टिक स्टुडियो'मा साउन्ड इन्जिनियरका रूपमा काम गरेका उनले नेपाल म्युजिक स्कुलमा केही समय पियानो सिके। त्यसयता स्वअध्ययन र स्वअभ्यासबाट उनी संगीत क्षेत्रको नजिक छन्।

केही अडियो र लिरिकल भिडियो सार्वजनिक भए पनि गीत बाहिर ल्याउने उनको चाहाना पूरा हुन सकेको थिएन । 'जिन्दगी ओराली उकाली' सार्वजनिक हुँदा मर्कुस नेपालमै थिए । हाल उनी अष्ट्रेलियामा छन् । हस्पिटालिटीमा डिप्लोमा सकाएका उनी भविष्यमा संगीतको औपचारिक अध्ययन गर्ने सोच रहेको बताउँछन् ।

मर्कुुसका अनुसार यो गीत एक वर्षअघि नै सार्वजनिक गर्ने तयारी भएको थियो । तर, कोरोना महामारीका कारण ढिलाइ भएको उनी बताउँछन्। ढिलै भए पनि पहिलोपटक गीतको भिडियो सार्वजनिक भएपछि उत्साह बढेको उनले बताए । ‘भिडियोसहित नयाँ गीत आउँदा खुसी त छ नै । पहिलोपटक म्युजिक भिडियो निर्देशन गरेकोले पनि उत्साहित छु,’उनले भने।