Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
रासस
२०७८ असोज ४ सोमबार १५:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
रासस
२०७८ असोज ४ सोमबार १५:५१:००

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ। करिब एक महिनाअगाडि नेकपा (एमाले)बाट नेता माधवकुमार नेपालकाे नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर संगठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो। बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ।     
     
पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगको गठन, पुनर्गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।     
     
संगठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ। पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ। पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ। केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ।