मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार ११:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको मुद्दामाथि सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार ११:०७:००

सर्वोच्च अदालतले एमसिसीको सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दामा सुनुवाइ तोकेको छ। सोमबार मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलास तोकिएको हो। 

गृहले १८ भदौमा विज्ञप्ति निकालेर एमसिसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो । गृहको विज्ञप्ति खारेजीको माग राख्दै अधिवक्ता प्रवेश केसीलगायतले २३ भदौमा सर्वोच्चमा रिट दर्ता गराएका थिए । 

रिटमा विज्ञप्तिले नागरिक र सञ्चारमाध्यमलाई नियन्त्रण गरेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजिएको जिकिर गरिएको छ। रिटमा नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाप्रतिकूल जारी गरिएकोले विज्ञप्ति बदर गर्न माग गरिएको छ।