मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार १०:०२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गत वर्ष ५९४ जनालाई तक्मा बाँडेका ओलीले समेत भने– विभूषण नै लजाएका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार १०:०२:००

एमाले अध्यक्ष केपी ओलीले विभूषण वितरणको पारदर्शिताप्रति प्रश्न उठाएका छन् । संविधान दिवसको अवसरमा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वितरण देखेर विभूषण नै लजाएको बताए । उनले भने, ‘ती विभूषणहरू लज्जा मानेका हेर्नुस् त ! ती मान–पदवीहरू लजाइरहेका छन्, कस्तो–कस्तोको घाँटीमा झुन्डिने भइयो भनेर । शरम मानेका छन् । बोल्न सक्ने भए उफ्रिन्थे । तर, बोल्न सक्दैनन् । लज्जाजनक स्थिति छ ।’ पहुँचमा रहेकाले आफन्तलाई विभूषण दिएको भन्दै ओलीले आपत्ति जनाए । 

ओलीले सञ्चारमाध्यमको पनि आलोचना गरे । आफ्नो नेतृत्वको सरकारको खोइरो खन्ने सञ्चारमाध्यम र त्यसका सञ्चालकलाई सरकारले विभूषण दिएको उनले आरोप लगाए । ‘अघिल्लो लोकप्रिय सरकारको विपक्षमा खोइरो खनेर निराधार समाचार दिने, सबै बेठिक–बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चारमाध्यम र तिनको सञ्चालकहरू ठूलाठूला पदकहरूले विभूषित भएका छन् । कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा, पत्रकारिताको पक्षमा, पत्रकारिताको धर्म निर्वाह गर्ने एउटा पत्रकारलाई सम्मान गरेको भए हुन्थ्यो होला नि !’ उनले भने । 

 दुई सयलाई मात्र विभूषित गर्ने मापदण्ड ओली सरकारले दुई महिनामै संशोधन गरेर ५१८ जनालाई बाँड्यो
छनोट विवेकपूर्ण र पारदर्शी नहुँदा विभूषणको ओज नै हराउन थालेपछि ०७५ साउनमा गृह मन्त्रालयले ‘विभूषण सिफारिस कार्यविधि र एवं प्रदानसम्बन्धी मापदण्ड, २०७५’ नै बनाएको थियो । एक वर्षमा बढीमा दुई सयजनालाई मात्र विभूषण दिने व्यवस्था गरिएको मापदण्ड केपी ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले पारित पनि ग¥यो । तर, दुई महिनापछि असोजमै मापदण्ड संशोधन गरेर पाँच सय १८ जनालाई विभूषण बाँड्ने निर्णय गरियो । त्यसयता यससम्बन्धी संख्या तोक्ने पहलसमेत हुन सकेको छैन ।