मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ३ आइतबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेडपान्डाको छालासहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असोज ३ आइतबार १७:११:००

हाब्रे (रेडपान्डा)को छालासहित जाजरकोटबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बारेकोट गाउँपालिका– ५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।

रेडपान्डाहरूको छाला बिक्री गर्न नलगाड नगरपालिका– ५ कालिमाटीस्थित होटेलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डिएसपी मधुकुमार थापाले जानकारी दिए।

परियारको साथबाट प्रहरीले रेडपान्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइको सानो छाला एक थान बरामद गरेको छ। पक्राउ परेका परियारमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ।