मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार १३:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुजित मैनालीको ‘सती’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार १३:५४:००

लेखक सुजित मैनालीको अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ सार्वजनिक भएको छ। यसै साता बजारमा उपलब्ध भएको ‘सती’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो।

मैनालीले पुस्तकमा सती प्रथाबारे गहिरोसँग प्रकाश पार्ने कोसिस गरेका छन्। मैनालीका अनुसार नेपाल र भारतमा अभ्यस्त सती प्रथाबारे करिब सात वर्ष अध्ययन–अनुसन्धान गरेर पुस्तक तयार पारिएको हो।

पुस्तकमा आठवटा अध्यायहरू छन्। त्यसबाहेक ४२ परिशिष्टहरूमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरूको विवरण समेटिएका छन्।

लेखनमा अन्तर्विधागत पद्धतिलाई जोड दिने सुजित मैनालीको यो दोस्रो पुस्तक हो। यसअघि ०७६ सालमा उनको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ प्रकाशित भएको थियो।