१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ३ आइतबार ०६:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुल्मीको नापी कार्यालयमा ग्लोबलको एक्सटेन्सन काउन्टर

Read Time : < 1 मिनेट
२०७८ असोज ३ आइतबार ०६:१३:००

ग्लोबल आइएमई बैंकले मालपोतसँगै नापी कार्यालय गुल्मीबाट राजस्व संकलन सुरु गरेको छ । अघिल्लो वर्ष मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको बैंकले नापी कार्यालयमा पनि सेवा विस्तार गरेको हो ।

नापी कार्यालयका प्रमुख चुन्नप्रसाद ज्ञवाली र बैंकका तम्घास शाखा प्रबन्धक योगेन्द्र रायमाझीले एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको बैंकले जनाएको छ । बैंकले अघिल्लो वर्षबाटै जिल्ला प्रशासन कार्यालय गुल्मीमा पनि एक्सटेन्सन काउन्टर सञ्चालन गरेर सेवा प्रवाह गरिरहेको जनाएको छ ।

गुल्मीमा चार शाखा तथा २१ शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको छ । बैंकले ७६ जिल्लामा दुई सय ८० शाखा, दुई सय ५० एटिएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।