मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १ शुक्रबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दा हेर्न नभ्याइनेमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १ शुक्रबार १४:५०:००

सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धका मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। शुक्रबार यसविरुद्ध परेका ६ रिटको संवैधानिक इजलासमा सुनुवाइ तोकिएकोमा मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको हो।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलास गठन भएको थियो।  

रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गरिएको छ।

अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसी, अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुर धामीको ६ रिट परेका छन्।