Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
लक्ष्मी काफ्ले 
२०७५ पौष ५ बिहीबार १५:३८:००
Read Time : < 1 मिनेट
प्रदेश

नेकपा नेता भण्डारी बुधबारदेखि बेपत्ता

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले 
२०७५ पौष ५ बिहीबार १५:३८:००

नेपाल कम्युनिष्ट पार्टीका मेचीनगरका एक नेता बुधबार बिहानदेखि बेपत्ता छन् । नेकपा नेता दिपक भण्डारी बुधवार बिहान साढे ९ बजेबाट सम्पर्कविहीन भएका हुन् । 

प्रहरीले उनको खोजी सुरु गरेको छ । मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट नेता भण्डारी सम्पर्कविहीन भएका थिए । बेपत्ता भएका नेता भण्डारीकी पत्नी गीताका अनुसार उनी कलेज जाने भन्दै घरबाट निस्किएका थिए । 

पारिवारिक स्रोतका अनुसार नेता भण्डारीले प्रयोग गर्ने मोटरसाइकल र दुई थान मोबाइल घरमै छन् । भण्डारी तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलाबारी जेसीजको पूर्व अध्यक्ष, हिमालयन मल्टिपल कलेजको निर्देशक लगायत थुपै्र जिम्मेवारीमा थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाका अनुसार नेता भण्डारी बिहानको खाना खाएर धुलाबारीस्थित कलेज जान भन्दै घरबाट हिँडेका हुन् । तर, प्रहरीले आफ्नो सीसी क्यामेराबाट हेर्दा उनी एक्लै पैदलमार्फत् भारततर्फ गएको देखियो । 

‘हामीले उहाँ (नेता भण्डारी)को परिवारका सदस्यलाई बोलाएरै त्यो भिडियो देखायौँ, उहाँ भारततिर गएको देखिन्छ,’ डिएसपी थापाले भने, ‘पारि पनि उहाँको खोजी सुरु गरिएको छ, सिलिगुडीतिर उहाँका आफन्त हुनुहुन्छ भन्ने थाहा भएकाले परिवारका सदस्यसहित एकजना असईलाई पनि पठाएका छौँ ।’

उनी भारततर्फ गएको फुटेज सीसी क्यामेराबाट देखिएपछि परिवारका सदस्य तथा नेकपाका केही कार्यकर्ता पनि खोजीका लागि भारततर्फ लागेका छन् । प्रहरीले ५ वटा मोबाइल नम्बर पनि ट्रेस गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।