मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १४ मंगलबार १०:२१:००
Read Time : < 1 मिनेट
खेलकुद

फेमिलीले जित्यो तेस्रो उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १४ मंगलबार १०:२१:००

क्यामरुनको फेमिली क्लबले सिजनको तेस्रो उपाधिका रूपमा २१औँ तिलोत्तमा गोल्डकप जितेको छ । फेमिलीले सोमबार नेपाल पुलिस क्लबलाई सडेनडेथमा ६–५ ले हराउँदै उपाधि हात पारेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टीमा पनि बराबरी भएपछि उपाधिको छिनोफानो सडेनडेथबाट भएको हो । पुलिसका तेज तामाङको प्रहार क्यामरुनका गोलरक्षक प्रिसो नडजंगाले रोके । क्यामरुनका नियाले गोल गर्दै क्लबलाई सिजनको तेस्रो उपाधि दिलाए । यसअघि फेमिलीले बुढासुब्बा र मनकामना गोल्डकप जितेको थियो । 

आशिष सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा रुपन्देहीका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्कुटी पुरस्कार पाएका छन् । प्रतियोगितामा पुलिसका अनन्त थापा उत्कृष्ट प्रशिक्षक बने । पुलिसकै हेम तामाङ उत्कृष्ट मिडफिल्डर र पुलिसकै रवि पासवान उत्कृष्ट स्ट्राइकर बनेका छन् । पुलिसकै विक्रम धिमाल उत्कृष्ट डिफेन्डर र क्यामरुनका प्रिसो उत्कृष्ट गोलरक्षक घोषित भए । उनीहरूले समान २५ हजार रुपैयाँ पाए । प्रतियोगितामा उपाधि विजेता फेमिलीले ८ लाख ८० हजार र उपविजेता पुलिस क्लबले ५ लाख ५० हजार रुपैयाँ पाएका छन् । 

प्याराफिट बनाउन सहयोग गर्ने
खेलाडीलाई पुरस्कृत गरेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले रंगशालामा स्थायी प्याराफिटका लागि सहयोग गर्ने बताएका छन् । ‘नेपालकै जेठो तिलोत्तमा गोल्डकप निरन्तर सञ्चालन हुँदै आएको छ । यहाँ स्थायी प्याराफिट निर्माणका लागि राखेपको पूर्ण सहयोग हुन्छ,’ विष्टले भने । आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जिल्लामा खेलकुदको विकास भइरहेको बताए ।