१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट
२०७५ पौष ५ बिहीबार १५:१६:००
Read Time : < 1 मिनेट
समाचार

करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख क्षतिपूर्ति

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ पौष ५ बिहीबार १५:१६:००

कञ्चनपुर जिल्ला आदालतले श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।


गत कार्तिक दोस्रो साता भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर जबरजस्ती करणी मुद्दामा हालै आदालतले फैसला गरेको हो ।
जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका नायव सुब्बा दानबहादुर सुनारले जानकारी दिए । 


श्रीमान डम्बरले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै मन्जुले उजुरी दिएपछि अदालतले प्रकाशलाइ पूर्पक्षका थुनामा राख्ने आदेश दिएको थियो । प्रहरीका अनुसार डम्बर र मञ्जुले डेढवर्ष अघि भागेर विवाह गरेका थिए ।