मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २८ सोमबार ०७:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वनरक्षकको अभ्यास गर्न नदीमा जाँदा डुबेर मृत्यु

Read Time : < 1 मिनेट
२०७८ भदौ २८ सोमबार ०७:२३:००

वनरक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्न नदीमा जाँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको राप्ती गाउँपालिका– ८ पिपरीका १९ वर्षीय आशिष चौधरीको आइतबार डुबेर मृत्यु भएको हो ।

उनी दंगीशरण गाउँपालिका– ३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न गएका थिए । नदीमा पौडिन नसकेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

‘वनरक्षकका लागि पौडिनुपर्ने, रूख चढ्नुपर्ने रहेछ,’ उनले भने, ‘त्यसकै लागि उनी बबई नदीमा हाम फालेछन्, राम्रोसँग पौडिन नआउने रहेछ, त्यसपछि उनको मृत्यु भयो ।’ आफूहरूलाई दिउँसो १ बजेतिर जानकारी आएको डिएसपी अर्यालले बताए । उनी घरका एक्ला छोरा हुन् । आशिषले घोराहीमा अटोमोबाइल्स कोर्स पढिरहेका थिए । शुक्रबार मात्रै उनका साथी विशाल चौधरीको घरमा गएका थिए ।