मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ फाल्गुण १४ मंगलबार ०८:५७:००
Read Time : > 1 मिनेट
सप्तरंग

बलिउडका  असफल प्रेमजोडी

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण १४ मंगलबार ०८:५७:००

बलिउड स्टारहरू फिल्म मात्र होइन, प्रेम सम्बन्धका कारण पनि चर्चामा आउने गर्दछन् । उनीहरूको प्रेम सुरुवातदेखि ब्रेकअप, बिहेसम्मले मिडियामा निकै स्थान पाउने गर्दछ । बलिउडमा केही यस्ता कलाकार छन्, जसको प्रेम विवाहमा परिणत हुन सकेन । लामो समय प्रेममा रहेर अन्ततः छट्टिएका केही स्टारको प्रेमकहानी यस्तो छ :

सलमान र ऐश्वर्या 
कुनै समय बलिउडमा सबैभन्दा हिट जोडीमा सलमान खान र ऐश्वर्या रायलाई लिइन्थ्यो । अहिले पनि सलमान र ऐश्वर्या एकै ठाउँ देखिँदा अनेक समाचार बन्ने गर्दछन् । दुवैको बीचमा प्रेम यति गहिरो थियो कि उनीहरूको विवाह हुने चर्चासमेत चलेको थियो । 

तर, विवेक ओबराय र ऐश्वर्याको निकटताका कारण सलमान टाढिए र ऐश्वर्यासँगको सम्बन्ध टुंग्याए । ऐश्वर्याले अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । ऐश्वर्याकी एउटी छोरी आराध्या छिन् । तर, सलमान भने अहिलेसम्म अविवाहित नै छन् । पछिल्लो समय सलमान क्याट्रिना कैफसँग निकट छन् । 

जोन र बिपासा 
जोन अब्राहम र बिपासा बसुको प्रेम सम्बन्ध पनि बलिउडको चर्चित प्रेम सम्बन्धमध्ये एक हो । एक समय त दुवैले विवाह गर्न लागेको खबरसमेत आएको थियो । उनीहरू लगभग नौ वर्षसम्म प्रेम सम्बन्धमा रहे । नौ वर्ष लिभ इन रिलेसनसिपमा रहेपछि अन्ततः उनीहरूबीच ब्रेकअप भयो । बिपासाको फिल्मी करिअर ओरालो लागेको देखेर जोनले उनलाई छोडेको चर्चासमेत चल्ने गरेको छ ।  जोनसँग ब्रेकअप भएपछि बिपासा टिभी तथा फिल्म अभिनेता करणसिंह ग्रोबरसँग नजिक भइन् । केही समयको प्रेमपछि उनीहरूले बिहे गरे । जोनले पनि प्रेमिका प्रियंकालाई जीवनसंगिनी बनाए । बलिउडमा जोन र बिपासाको फिल्मी करिअरले भने उचाइ लिन सकेको छैन । 

रणवीर र अनुष्का
‘ब्यान्ड बाजा बारात’ फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका अभिनेता रणवीर सिंह आफ्नो पहिलो फिल्ममै अभिनेत्री अनुष्का शर्मासँग नजिकिए । दुवैको करिब तीन वर्षसम्म प्रेम सम्बन्ध रह्यो । 

तर, आपसी विवादका कारण यिनीहरूको सम्बन्ध ब्रेकअपमा गएर टुंगियो । अहिले दुवै विवाहित छन् । रणवीरले दीपिका पादुकोण र अनुष्काले क्रिकेटर विराट कोहलीसँग विवाह गरेका छन् ।

रणवीर र दीपिका 
रणवीर कपुर र दीपिका पादुकोणको सम्बन्धले पनि बलिउडमा खुब चर्चा पायो । उनीहरू पहिलोपटक ‘ये जवानी है दिवानी’ फिल्ममा सँगै देखिएका थिए । र, उनीहरूको अहिलेसम्मको अन्तिम फिल्म ‘तमासा’ रह्यो ।  दुवैको प्रेम ‘ये जवानी है दिवानी’मा झाँगिएको थियो । दुवै आफ्नो सम्बन्धलाई लिएर गम्भीर थिए, तर बीचमा क्याट्रिना कैफसँगको रणवीरको सम्बन्धले उनीहरूबीच दूरी बढ्यो । अहिले रणवीर आलिया भट्टसँगको सम्बन्धका कारण चर्चामा छन् भने दीपिकाले रणवीर सिंहसँग बिहे गरिसकेकी छिन् । 

शाहिद र करिना
चकलेटी ब्वाय शाहिद कपुर २५ फेब्रुअरीमा आफ्नो ३८औं जन्मदिन मनाउँदै छन् । साइड डान्सरका रूपमा फिल्ममा प्रवेश गरेका शाहिदले सन् २००३ मा ‘इस्क–विस्क’ बाट हिरोको रूपमा डेब्यु गरेका हुन् । १६ वर्षको फिल्मी करिअरमा शाहिदले केही हिट र केही फ्लप फिल्म दिएका छन् ।

त्यसबीच उनको नाम केही अभिनेत्रीसँग जोडियो । जसमध्ये करिना कपुरसँगको उनको प्रेम सम्बन्ध निकै चर्चित थियो । लामो समय अफेयरमा रहे पनि उनीहरूको विवाह भने हुन पाएन । करिनाले अर्का अभिनेता सैफ अली खानसँग बिहे गरिन् भने शाहिदले मीरा राजपुतसँग बिहे गरे । उनीहरू दुवै बच्चाका अभिभावक बनिसकेका छन् ।