मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका ओखलढुंगा
२०७८ भदौ २७ आइतबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओखलढुंगामा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
२०७८ भदौ २७ आइतबार १६:२८:००

ओखलढुंगामा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज आइतबार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका–६, मितेरीभन्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बाराका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओलखढुंगाले जनाएको छ । 

मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा अन्य ९ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा लिखु गाउँपालिका–३ का टेकबहादुर गिरी, उनकी श्रीमती हिरामाया गिरी, छोरा निर्जल गिरी, काठमाडाैंका मनकाजी तामाङ, रामेछापकी राधिका योगी, उनका छोरा अभिषेक योगी, छोरी अनुषा योगी, रामेछापकै पर्वत योगी र चालक केशव कटुवाल रहेका छन् । उनीहरूको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ ।