मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ ३१ बिहीबार
  • Thursday, 16 September, 2021
२०७८ भदौ २५ शुक्रबार ११:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका करणी गर्न खोज्ने युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ भदौ २५ शुक्रबार ११:२९:००

मध्यराति बालिका शौचालय गएको मौका छोपी बालिकालाई करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन्।

रामेछापको गोकुलगंगा गाउँपालिका– ४ बेताली घर भएकी एक १२ वर्षीया बालिकालाई बुधबार राति शौचालय गएको मौका छोपी करणी गर्न खोज्ने सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका– २ का २८ वर्षीय पवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। केही समयअघिदेखि श्रेष्ठ बालिकाकै घरमा डेरा लिई व्यवसाय सञ्चालन गर्दै आएका थिए। 

श्रेष्ठलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए।