मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार १०:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सक्षम नेतृत्वले मात्र बिपीको सपना पूरा गर्न सक्छ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार १०:१७:००

नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सक्षम नेतृत्वबाट मात्रै बिपीको सपना पूरा हुन सम्भव हुने बताएका छन्। बिपीजयन्तीको अवसरमा विज्ञप्तिमार्फत संस्थापक नेता बिपी कोइरालाको योगदानको स्मरण गर्दै उनले यस्तो बताएका हुन्।

विज्ञप्तिमा कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भइसकेको अवस्थामा मंसिरमा निर्धारित महाधिवेशनलाई सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ। ‘बलियो कांग्रेस र सक्षम नेतृत्व भए मात्र संस्थापक नेता जननायक बिपीले देखेका सपना पूरा गर्न सकिनेछ,’ विज्ञप्तिमा भनिएको छ।