मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २९ मंगलबार
  • Tuesday, 14 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार ०६:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर घट्ने क्रम रोकिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार ०६:५२:००

सेयर बजार ओरालो लाग्ने क्रम अझै रोकिएको छैन । आइतबारबाट उच्च अंकले गिरावट आएको नेप्सेमा सोमबार एकाएक बाउन्सव्याक भए पनि त्यसपछि भने नेप्सेको ओरालो यात्रा कायमै छ ।  लगानीकर्ताहरू बजार घट्नुलाई राष्ट्र बैंकको नीति नै प्रमुख कारण रहेको बताउँछन् । केन्द्रीय बैंकले सेयर कर्जा नीतिका बारेमा नसोच्ने हो भने ठुलाभन्दा पनि साना लगानीकर्ताहरू बढी मारमा पर्ने लगानीकर्ताको भनाइ छ ।

बजारबाटै गुजारा गरिरहेका साना लगानीकर्तालाई राष्ट्रबैंकले बिचल्ली पार्ने काम गरेको उनीहरू बताउँछन् । दैनिक सेयर बजारमा गिरावट आएपछि लगानीकर्ताहरू राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनको घोषणा अघि सार्ने र ३० गते भदौबाट अनशन नै बस्ने तयारीमा रहेको पुँजी बजार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले बताए । 

बुधबार नेप्से परिसूचक ६० अंकले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ बिन्दुमा पुगेको छ । दुई प्रतिशतले बजार घटेपछि लगानीकर्ताको मनोबल घट्दा कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । केही दिनअघि मात्र एकै दिन २० अर्बभन्दा बढी रकमको कारोबार भएकोमा बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको एक करोड ६१ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ । 

सबैभन्दा धेरै कारोबार युनाइडेट मोदी हाइड्रोपावरको ४० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २४ करोड ५१ लाख रुपैयाँ, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २४ करोड २१ लाख रुपैयाँ, रिडि हाइड्रोपावरको २३ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक बन्न पुगेका छन् । फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा, विकास बैंक र जलविद्युत् समूहको सूचक सबैभन्दा धेरै नकारात्मक बन्न पुगेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, गुडबिल फाइनान्स, एनाइबिएल समृद्ध फन्ड, सिभिल लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको सेयर मूल्य भारी अंकले घटेर यी कम्पनीका लगानीकर्ताहरू बढी निराश बनेका छन् । बजार घटे पनि सानिमा लाइफ इस्योरेन्सको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । एक्सेल डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगानीकर्ताहरूको आकर्षण बढेको छ ।