मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार २१:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योगेश भट्टराईको आरोप– सभामुखको भूमिका निष्पक्ष भएन, एमाले फुटाउन सघाए (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २३ बुधबार २१:०८:००

एमाले सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नुपरेको स्पष्ट पारेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले दलले ह्विप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुख अग्नि सापकोटाले एमालेलाई फुटाउन सघाउ पुर्याएको आरोप लगाए । 

उनले भने, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरूलाई विभिन्न ढंगले ट्रिट गर्नुभएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने, ह्विप उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसद्का ‘हत्यारा’को संज्ञा दिइन् । उनले संसद्का हत्याराहरूले संसद् बचाउन लागेका आफूहरूलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन् ।