मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २८ सोमबार
  • Monday, 13 September, 2021
नयाँ पत्रिका काठमाडौंं
२०७८ भदौ २३ बुधबार २१:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले संसदीय मर्यादाविपरीत काम गर्‍यो : वर्षमान पुन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
२०७८ भदौ २३ बुधबार २१:०१:००

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरेर संसदीय मर्यादाविपरीत काम गरेको बताएका छन् । आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद् अवरुद्ध गरेर एमालेले संसदीय मर्यादाविपरीत काम गरेको उनको भनाइ छ ।
 
संसद् अवरुद्ध भएपछि संसद् भवनबाट बाहिरने क्रममा उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखका निर्णयहरूलाई पालना गरेर जानु संसदीय सर्वोच्चता भएको उल्लेख गर्दै संसद् अवरुद्ध पार्ने संसदीय परम्परा विश्वमा कहीँ नभएको दाबी गरे । 

पुनले सभामुखको गरिमा बचाउन, संसदमा आएका बिजनेसहरूलाई सुचारु गराउन संसद् चल्न दिन पनि एमालेसँग आग्रह गरे । उनले भने, ‘प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरेको छ । योचाहिँ संसदीय मर्यादाविपरीत छ । एकातिर आचारणसम्बन्धी विषयबाहेक सभामुखले गरेका निर्णयहरूमा सभामुखको आलोचना गर्न मिल्दैन । यो संसदीय सर्वोच्चता हो । यसो गर्दै गयो भने संसद् नै चल्दैन । एउटा मर्यादा हामीले नै निधारण गरेका हौँ । विगतमा यस्तै अभ्यास गरेका छौँ । जसले संसदको नेतालाई आचरणसम्बन्धी बाहेक अरूमा आलोचना गर्ने वा भएका निर्णयहरूको खण्डन गरेर, आलोचना गरेर, संसद् अवरुद्ध गर्ने कुनै संसदीय परम्परा नै छैन । र, यो पहिलो घटना हो । त्यसैले, उहाँहरूले बेठिक परम्परा सुरु गर्नुभएको छ ।’

पुनले अदालतमा विचाराधीन विषय प्रवेश गराएर संसद् अवरुद्ध पार्ने गल्ती कुनै पनि राजनीतिक दलले गर्न नहुनेमा जोड दिए । 

अवरुद्ध प्रतिनिधिसभा बैठकपछि सांसदहरूको प्रतिक्रिया