१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ भदौ २२ मंगलबार ०८:३६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

Read Time : < 1 मिनेट
२०७८ भदौ २२ मंगलबार ०८:३६:००

वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा तीन दिन लाग्ने भएको छ । सडक लामो समयसम्म अवरुद्ध भएपछि पर्वतलगायत बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकलाई सास्ती भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुर पातिचौरसम्मको मध्यपहाडी लोकमार्गको सडकखण्ड पहिरोले क्षतविक्षत भएपछि सर्वसाधारणलाई समस्या भएको छ । १७ भदौ राति पर्वतमा ११ जनाको ज्यान जाने गरी भीषण वर्षापछि आएको पहिरोले मध्यपहाडी लोकमार्गको करिब २० किलोमिटर सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछि पैदल यात्रा गर्दै सर्वसाधारण

सडक अवरुद्ध भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–२ देउपुरसम्मको करिब १० किलोमिटर सडक हिँडेरै पार गर्नुपर्ने अवस्था आएको छ । सडक सञ्चालनका लागि मध्यपहाडी लोकमार्ग आयोजनाले आठवटा उपकरण सडकमा धमाधम पहिरो पन्छाउन लगाए पनि अझै तीन दिन लाग्न सक्ने आयोजनाका सबइन्जिनियर महम्मत सलाम उल्लाले बताए ।