Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २२ मंगलबार ०७:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको ‘डेटा सधैँ अन’ अभियान सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २२ मंगलबार ०७:५७:००

एनसेल आजियाटा लिमिटेडले ‘डेटा सधैँ अन’ नामक अभियान सुरु गरेको छ । कम्पनीले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने उद्देश्यले अभियान सुरु गरेको हो । 

ग्राहकलाई सधैँ डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि ‘डेटा सधैँ अन’ अभियानअन्तर्गत विभिन्न सेवा तथा अफरहरू सुलभ दरमा प्रदान गर्ने कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्यान्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

कम्पनीले नवीन प्रविधिहरू भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धताअनुसार दुईतिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको जनाएको छ । कोभिड–१९ को अवरोधका बाबजुद फोरजी ब्रोडब्यान्ड सेवालाई देशका पाँच सय ५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको कम्पनीको भनाइ छ ।