मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अच्युत राज भण्डारी
२०७५ फाल्गुण १३ सोमबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार

निषेधित क्षेत्रमा मदिरा सेवन गर्दा भिरबाट खसेर युवकको मृत्यु

Read Time : < 1 मिनेट
अच्युत राज भण्डारी
२०७५ फाल्गुण १३ सोमबार १७:४२:००

गत मंसिर १ गतेदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छायाँनाथ रारा नगरपालिका, ३ स्थित साँया खोला भन्ने स्थानमा गएराति मदिरा सेवन गर्दा भिरबाट खसेर युवकको मृत्यु भएको छ । सदरमुकाम गमगढीबाट आइतबार बेलुकी घर फर्किदै गर्दा लडेर ३० वर्षीय पूर्ण बहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

मृतक रोकायासँगै गएका साथी २७ वर्षीय सूर्यबहादुर बिकको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आफूहरुले बजारमा मदिरा सेवन गरी घर जाने क्रममा हिड्दै गर्दा एक्कासी खोलामा खसेको बिकले बताए ।

भिरबाट खसेको भन्ने सुनेपछि गाउँले र प्रहरी घटना स्थल पुगेका थिए । घाइते अवस्थामा रहेका रोकायालाई  अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । मदिरा निषेध भनिए पनि अवैध रुपमा मदिरा कारोबार हुँदै आएको घटनाले पुष्टि गरेको छ ।