मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ज्ञानु पंगेनी 
२०७५ पौष ५ बिहीबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार

खोलामा बस खस्दा एक जनाको मृत्यु २५ घाइते

Read Time : < 1 मिनेट
ज्ञानु पंगेनी 
२०७५ पौष ५ बिहीबार ११:४०:००

नवलपरासी पूर्वको कावासोती १४ को चालिस किलो जंगलमा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत महाराजगञ्ज नौतनवाकी ३५ वर्षीय गौरी शंकर धोवी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते हुनेमा  गैडाकोट ५को रमा तामाङ्ग, विहारका मेहबुब आलम, कपिलवस्तु  पिपरा ६ का दुधनाथ गुप्ता र रोहन कशोधन रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रमुख रमेश थापाले बताए । गम्भीर घाइते भएका चार जना मध्ये दुई जनाको भरतपुर र  दुई जनाको बुटवलमा उपचार भइरहेको छ । अन्य घाइतेको कावासोतीका विभिन्न अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । करीब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो ।