१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनिष खड्का
२०७५ फाल्गुण १३ सोमबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार

सहिद छोराको नाममा छात्रवृत्ति अक्षय कोष 

Read Time : < 1 मिनेट
मनिष खड्का
२०७५ फाल्गुण १३ सोमबार १२:४७:००

बाफिकोट गाउँपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा सहिद भएका खड्क केसीको स्मृतिमा अक्षय कोष स्थापना गरेका छन् । खत्रीले आफ्नो छोराले ५ कक्षा सम्म पढेको जनकल्याण माध्यामिक विद्यालयमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको सहिद खड्क स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन् । विद्यालयको ५५ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष खत्रीले अक्षय कोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् । 

उक्त रकमको व्याज वापत आउने रकमबाट हरेक वर्ष सोही विद्यालयका गरीब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ । विद्यालय पोशाक, कापि कलमको अभावमा बालबालिकाहरु  पढाईबाट बञ्चित नहोउन भनेर छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताए । उनका अनुसार छात्रवृत्ति अर्को वर्षदेखि हरेक फागुन १२ गते विद्यालयको बार्षिकोत्सवको अवसरमा घोषणा गरी फागुन १५ गते प्रदान गरिने छ । 

खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते १५ वर्षको उमेरमा प्रहरीद्धारा मारिएका थिए । तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि साविक पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्रीबन्धुसँगै खड्क मारिएका थिए । सहिद हुँदा उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, स्थित जनता माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।