१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ फाल्गुण १३ सोमबार १२:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

महाधिवेशन हुन नदिन सभापति देउवा नै बाधक : डा. शेखर कोइराला 

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण १३ सोमबार १२:००:००

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा समयमै पार्टीको महाधिवेशन गराउन बाधक बनिरहेको आरोप लगाएका छन् ।

सोमबार विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुरले आफ्नो कार्यकाल अढाई वर्ष लम्ब्याउनका लागि १४औँ महाधिवेशन समयमै गराउन बाधक बनेको बताएका हुन् ।

उनले पत्रकारहरुसँग भने, ‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ तर सभापति देउवा भने महाधिवेशन समयमै गराउनुको साटो  दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ ।’ सभापति देउवाकै कारण  पार्टी  कमजोर बनको बताउँदै संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्तामाझ जाने नेता कोइरालाले बताए ।

उनले नेतृत्वकै कारण कांग्रेसको  संगठन शून्य बनेको बताउँदै यसको  जिम्मा लिनुपर्छ  भन्दा अनुशासनको कार्वाही गर्ने चेतावनी दिने गरेको सुनाए । कांग्रेस पार्टी कोइरालाहरुको मात्र नभएको र  सबैको योगदान र रगतले निर्माण भएको डा. कोइरालाले बताए । 

देशमा भ्रष्टचार बढेको, मिडियालाई नियन्त्रण गर्न खोजेको वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गर्न सरकार नै उद्धत रहेकोले सरकार अलोकप्रिय र आफैँमा कमजोर भएको कोइरालाले टिप्पणी समेत गरे ।