१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन के‍सी अर्घाखाँची
२०७८ भदौ १९ शनिबार ०८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा हायस दुर्घटना हुँदा एकको  मृत्यु, ५ घाइते 

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
२०७८ भदौ १९ शनिबार ०८:२२:००

अर्घाखाँचीको शितगंगा नगरपालिका-३ बरबोटमा माइक्रो बस (हायस)  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका-९ का सन्जय बिक रहेको प्रहरीले जनाएको छ। 

काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा३ख ८६३९ नम्बरको हायस बिहान ५ बजेतिर  शितगंगा-३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परेर २ जना गम्भीर  घाइते भएका छन् । गाडिमा चालक सहचालक सहित  १३ जना  यात्रु सवार रहेको बताईएको छ । 

गम्भीर  घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल पठाईएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । घटनाको थप बिबरण आउन बाँकी छ । हायस सडकबाट करिब  सय मिटर तल खसेको छ ।