१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ १८ शुक्रबार २१:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालगन्ज विमानस्थलबाट चार किलो २१ ग्राम सुन बरामद

Read Time : > 1 मिनेट
२०७८ भदौ १८ शुक्रबार २१:४२:००

बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो सुन बरामद गरेको छ । सुनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । श्री एयरलायन्समार्फत काठमाडौंबाट नेपालगन्ज आएका दुईजना यात्रुको साथबाट चार किलो २१.४९ ग्राम सुन बरामद भएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

दिउँसो दुई बजेको एसएएच ४३३ को नियमित उडानमा आएका झापा खादुनाबारी गाविस– ६ का २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस– २ का २६ वर्षीय बुद्धिमान खातीलाई पक्राउ गरिएको उनले बताए । जुत्ताको तलुवामा लुकाएर  ल्याउँदै गर्दा विशेष सुराकीको आधारमा उनीहरूलाई सुनसहित पक्राउ गरिएको उनले बताए । 

‘श्री एयरलायन्सको काठमाडौंबाट नेपालगन्जका लागि उडेको विमानमा सवार दुईजनाले सुन ल्याउँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा चार किलो सुनसहित दुईजनालाई पक्राउ गर्न बाँके प्रहरी सफल भएको छ,’ एसपी अधिकारीले भने । 

नेपालगन्ज विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद रूपमा रहेको अवस्थामा प्रहरीले उनीहरूलाई सोधपुछ तथा तलासी गर्दा अमिल लगुन विश्वकर्माले लगाएको दुवै जुत्तामा रहेको सुनजस्तो देखिने दुई–दुईवटा बिस्कुट र बुद्धिमान खातीले लगाएको दुवै जुत्ताको तलुवामा रहेको सुनजस्तो देखिने एक–एक पिस बिस्कुट गरी तीन किलो नाै सय ९४ ग्राम र बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोलाबाट सुनजस्तो देखिने एक थान तिलहरी, एक थान बाला, पाँच थान गरी जम्मा चार किलो २१.४९ ग्राम सुन बरामद भएको उनले बताए । 

प्रहरी नियन्त्रणमा रहेका खाती र विश्वकर्माले उक्त सुन आफूहरूको भएको र सुन खरिदको बिलसमेत देखाएपछि घटनाको वास्तविकतामाथि अनुसन्धान थालिएको उनले जानकारी दिए । ‘पक्राउ परेका खाती र विश्वकर्माले सुन खरिद गरेको बिल देखाएका छन् । बिल सक्कली वा नक्कली के हो अनुसन्धानबाट खुल्नेछ,’ उनले भने ।