Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ भदौ १७ बिहीबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्न गएका दुई बालिकाको डुबेर मृत्यु

Read Time : < 1 मिनेट
२०७८ भदौ १७ बिहीबार १४:२९:००

घरमा कोही नभएको मौका छोपी खोलामा पौडी खेल्न गएका दुई बालिकाको शव बुधबार साँझ भटौली खोलामा फेला परेको छ। खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएर खाँडादेवी गाउँपालिका–५ पकरबास तारमणी बस्ने ११ वर्षीया अनिसा तामाङ र १२ वर्षीया मनिता सार्कीको ज्यान गएको हो।

उनीहरुसँगै पौडी खेल्न गएकी मेलिना रोका भने पौडिएर बाहिर निस्कन सफल भएकी छिन्। मेलिनाले घटनाको विषयमा आफ्ना अभिभावकलाई बताएपछि खोजीका लागि स्थानीयबासी खोला किनारमा गएका थिए। स्थानीयले नभेटेपछि प्रहरीलाई खबर गरेका थिए।

मनिताको शव मन्थली नगरपालिका–७ भटौली खोलाको किनारमा र अनिसाको शव पकरवासस्थित थाक्ले खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक दुबै बालिकाको शव पोष्र्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइएको छ।