मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १६ शनिबार
  • Saturday, 02 October, 2021
२०७८ भदौ १७ बिहीबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्ष चौधरीको निधन

Read Time : < 1 मिनेट
२०७८ भदौ १७ बिहीबार ०८:५५:००

सुनसरीको गढी गाउँपालिका– १ का वडाध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । 

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ । रासस