मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७८ भदौ १६ बुधबार १९:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा ३० भदौदेखि सञ्चालन हुने

Read Time : > 1 मिनेट
२०७८ भदौ १६ बुधबार १९:२८:००

पौने चार लाख विद्यार्थीले परीक्षा दिँदै, २५ जनाभन्दा कम विद्यार्थी भएका ११ सय परीक्षा केन्द्र

कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । देशभर चार हजार तीन सय १० विद्यालयमा होम सेन्टरमा परीक्षा सञ्चालन हुँदै छ । 

कृष्णप्रसाद शर्मा, परीक्षा नियन्त्रक, राष्ट्रिय परीक्षा बोर्ड 

बोर्डले परीक्षाको तयारी लगभग सकेको छ । इन्टरनेटको सुविधा नभएका परीक्षा केन्द्रमा प्रश्नपत्रको हार्डकपी पठाइसकिएको छ । इन्टरनेटको पहुँच पुगेका परीक्षा केन्द्रमा इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिडका कारण देखाएर स्थगित भएको थियो । कक्षा १२ को परीक्षा यसअघि दुईपटक स्थगित भएको थियो । पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन् । स्वास्थ्य मन्त्रालयले कोभिडको संक्रमण बढेको भन्दै परीक्षा पुनर्विचार गर्न सिसिएमसी पत्राचार गरेपछि परीक्षा स्थगित भएको थियो । 

कक्षा १२ को परीक्षा दिने १८ वर्ष पुगिसकेका विद्यार्थीले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन् । पौने चार लाखमध्ये कक्षा १२ को परीक्षा दिने आठ सय ४५ विद्यार्थी मात्रै १८ वर्षमुनिका छन् । बोर्डले परीक्षाको तयारी लगभग पूरा भएको जनाएको छ ।  

बोर्डका अनुसार देशभर २५ जनाभन्दा कम विद्यार्थी भएका परीक्षा केन्द्र एक हजार एक सय एक छन् । २६ देखि ५० जना विद्यार्थी भएका एक हजार दुई सय ५७ परीक्षा केन्द्र, ५१ देखि एक सय विद्यार्थी भएका एक हजार २३ परीक्षा केन्द्र छन् ।  समग्रमा एक सयभन्दा कम विद्यार्थी भएका परीक्षा केन्द्रको संख्या तीन हजार तीन सय ८१ छ । कतिपय परीक्षा केन्द्रमा १० जनाभन्दा पनि कम विद्यार्थी छन् । 

एक सय एकदेखि दुई सय विद्यार्थी रहेका परीक्षा केन्द्र पाँच सय ३४, दुई सय एकदेखि तीन सय विद्यार्थी रहेका एक सय ६६, तीन सय एकदेखि पाँच सय विद्यार्थी रहेका एक सय ४० परीक्षा केन्द्र छन् ।