मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ भदौ १५ मंगलबार ११:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा सत्तागठबन्धनको बैठक : मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारबारे छलफल

Read Time : < 1 मिनेट
२०७८ भदौ १५ मंगलबार ११:३९:००

सत्तागठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको छ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डाबारे सहमति जुटाउने प्रयास गरेको थियो। स्रोतका अनुसार बुधबारसम्म मन्त्रालय भागबन्डा र सरकार विस्तारबारे निर्णय लिने नेताहरूबीच सहमति भएको छ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।