मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सरकार भन्छ– पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी, देशका सबै भागमा कोरोना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार १०:४४:००

सरकारले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी बनेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) र विश्व स्वास्थ्य संगठनसँग मिलेर गरेको सेरोप्रिभ्यालेन्स सर्भेले दुवै खोप लगाएका ९० प्रतिशत र एउटा मात्रै खोप लगाएका ८० प्रतिशतमा एन्टिबडी बनेको देखाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशका सबै भागमा कोरोना पुगिसकेको निष्कर्ष निकाल्दै कोरोना पजिटिभ भई एन्टिबडी बन्नेका समेत गरी ६८ दशमलव ६ प्रतिशत नमुनामा एन्टिबडी तयार भएको मन्त्रालयले जनाएको छ । गत २१ असारदेखि ३० साउनसम्म १३ हजार एक सय ६१ व्यक्तिको नमुना लिएर एन्टिबडी परीक्षण गरिएको थियो । नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो । 

मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै खोपको प्रभावकारिता देखिएको बताए । तर, एन्टिबडीले कति समयसम्म काम गर्छ भन्ने आधार तय नभएकाले जोखिम कायमै रहेको उनको भनाइ छ । जोखिमबाट जोगिन खोप लगाउने तथा कोरोनासँग बच्ने नियम पालना गर्नुपर्ने उनले बताए ।