मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार ०७:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

परिसंघमा दुई समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार ०७:५८:००

नेपाल उद्योग परिसंघमा ‘विदेशी लगानी सहजीकरण’ र ‘उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन’ भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । त्यस्तै, परिसंघका राष्ट्रिय परिषद् सदस्य अमित मोरको संयोजकत्वमा उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन भएको हो ।

विदेशी लगानी समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र गौरव गोयल सदस्य रहेका छन् । समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । समितिले नेपालमा विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ । 

परिसंघले नेपालमा उत्पादन भएका वस्तुहरूको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन गरेको हो । यो समितिले उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधिको व्यवस्थाअनुसार नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहज तथा सरल रूपमा निर्यातकर्तालाई उपलब्ध गराउनेछ । हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यविधि परिमार्जन गरेको छ । जसअन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरूका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ । 

उद्योग विभागअन्तर्गत रहेको उत्पत्तिको प्रमाणपत्रसम्बन्धी प्राविधिक समितिमा परिसंघ हालै सदस्यका रूपमा चयन भएको थियो । परिसंघले भारतमा निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । उत्पत्तिको प्रमाणपत्र समितिको सह–संयोजकमा राहुल अग्रवाल तथा सदस्यहरूमा राजेशकुमार अग्रवाल, नरेश दास, मनीष खेम्का, राजीव गुप्ता, सन्दीप शारदा, विदुषी राणा तथा सौरभ दुगड रहेका छन् ।