मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १३ सोमबार ०७:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग

रामेशको बालापन जीवनको

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १३ सोमबार ०७:५७:००

गायक रामेशको संस्मरणात्मक कृति ‘बालापन जीवनको’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा भएको कार्यक्रममा साहित्यकार कृष्णदेव शर्मा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, कवि हरिमाया भेटवाल र संगीत श्रोताले कृति विमोचन गरे ।

कवि कृष्णदेव शर्माले पुस्तक बाल्यकालको सम्झना मात्र नभएर त्यस कालखण्डको इतिहास पनि भएको बताए । पुस्तकमा त्यस बखतको समाजको चित्र र राणाहरूको दबदबाको कथा पनि भएको बताए । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले रामेश आफैँमा इतिहास भएको बताए । उनको बाल्यकालीन संस्मरण अत्यन्तै निष्कपट र सन्तुलित रहेको बताए । साहित्यकार हरिमाया भेटवाल र संगीत श्रोताले अहिलेसम्म पढिएका संस्मरणात्मक कृतिमध्ये रामेशको यो कृति सबै पक्ष समेटिएको पूर्ण दस्ताबेज रहेको बताए । उनीहरूले रामेशको युवाकालीन संस्मरणात्मक कृति पढ्न आतुर रहेकोसमेत बताए । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।